Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

तीर्थराजको ‘चरी बस्यो बनैमा’ प्रभात र अनिषा

काठमाडौं : ‘चरी बस्यो बनैमा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तीर्थराज गुरागाईँ र गायिका स्वस्तिका ढकालको स्वर रहेको गीत शनिबार ‘नेपमेलो’को युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा समीर आचार्यको शब्द तथा संगीत रहेको छ । यस गीतको रेर्कड अष्ट्रेलियाको सिड्नीस्थित नेपमेलो स्टुडियोमा गरिएको हो । गीतको भिडियोमा अहिलेका चर्चित मोडल प्रभात पाल ठकुरी र अनिषा ओलीको नृत्य देख्न सकिन्छ ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सिनेमाटोग्राफर अर्जुन तिवारीले खिचेका हुन् । गीतको निर्देशन सान थापाले गरेका हुन् । अष्ट्रेलियामा करिब दुई दशकदेखि कर्मथलो बनाउँदै आएका गायक गुरागाईँको यो पहिलो गीत हो । सार्वजनिक गीतले नेपालीहरूको मनमा छाप छोड्ने उनको विश्वास छ ।