Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘फर्की फर्की’को शिर्ष गीत : अनमोल र जसिताको रोमान्स

काठमाडौं : जेठको १० गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।

रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन शब्द तथा संगीत छ । यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । सिनेमाको यो गीतमा मुख्य कलाकारहरु नायक अनमोल केसी र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । सिनेमामा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् । यो सिनेमामा अनमोल र जसिताको अलावा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ ।

सिनेमा ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु सिनेमाका संगीतकार हुन् । सिनेमामा अष्ट महर्जनको एक्सन छ ।