Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

टीका सानू र जि बि चिरणको “प्रेमिल मन” सार्वजनिक

काठमाडौं : चर्चित गायिका अस्मिता अधिकारी र गायक राजन श्रेष्ठको सुमधुर स्वर रहेको ‘ प्रेमिल मन ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा चर्चित मोडल तथा गायिका टीका सानु  र जि बि चिरण सापकोटाको साथमा कमल प्रसाद शर्मा, गङ्गाराम श्रेष्ठ लगायकाे अभिनय गरेका रहेकाे छ । 

आहा फिल्मस  प्रा.लि. को ब्यानरमा बनेको ‘प्रेमिल मन’ गीतको निर्देशन राज बहादुर सानेले गरेका छ्न् भने उक्त गीतमा तारा चौहान खड्काको शब्द, डेनि निरौलाको संगीत रहेको छ । उक्त गीतको एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ्ग बिश्व अधिकारीको रहेकाे छ । गीत ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतमा दिब्य सुबेदिको छायांकन, अनन्त घिमिरेको कलर तथा सम्पादन , रोजिन श्रेष्ठको शृङ्गार रहेको छ ।