Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रज्ञा जोशीको सिरिज ‘ठुल्दिदी’ निर्माण घोषणा

काठमाडौं : प्रज्ञा फिल्म्सको प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने भएको छ भने सिरिजको शुक्रबार राजधानीमा मुहुर्त गरिएको छ । प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधवा खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ ।

सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र मदनकश्यप घिमिरेको छायांकन छ । प्रज्ञाले यसअघि ठूलो पर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन् । उनले यसअघि निर्माण गरेको टेलिसिरियल ‘सिन्दुर’ हिट टेलिसिरियलमा पर्दछ ।