Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

हरिहरको ‘ह्रस्व दीर्घ’ लुक्स

काठमाडौं : सिनेमा ‘ह्रस्व दीर्घ’को प्रमुख अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरेको छ । हरिहरको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पोस्टर लुक्स सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ । एउटामा उनलाई आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा धार्मिक ‘गेटअप’मा छन् ।

यसअघि निर्माणपक्षले कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो । प्रेमकथा रहेको यो सिनेमाको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा हुनेछ । सिनेमाका निर्देशक चन्द्र पन्त हुन् । अभिनेता हरिरहर अधिकारीको कथा रहेको सिनेमामा कविरलालको छायांकन छ ।

अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको सिनेमामा हरिहर र नीताका अलावा विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । केही दक्षिण भारतीय कलाकारको अभिनय पनि यो सिनेमामा रहनेछ । सिनेमा असोज ११ गते रिलिज हुनेछ ।