Sur Cinema

खुसीको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’

काठमाडौँ : सोमबार काठमाडौँस्थित दरबारमार्गमा रहेको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै गायिका खुसी थुलुङ्ग राईले नयाँ गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ ल्याएकी छिन् । उक्त गीतिसङ्ग्रहसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सार्वजनिक गर्नुभएको हो ।

किरातीले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको शुभकामना दिदै गीतसङ्गीत मन परेको प्रतिक्रिया दिनुभयो । गीतसङ्गीतले समाज र राजनीतिज्ञलाई सजिलै रुपान्तरण गर्न विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन आग्रह समेत गर्नुभएको छ ।

गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन । ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु । उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङ्गित रहेको छ । गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् । मोडल लिम्बूले गीतको भावलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिश गरेको बताइन् ।

उक्त गीतमा एक जोडीको कथा पेस गरेको छ । जहाँ केटाले केटीलाई माया गरेता पनि केटीले स्वीकार्न सकेकी हुदिनन्, तर केटाको निस्वार्थ भावले केटी प्रेममा पर्छिन् । गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।