Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नीति पछि ‘रुखान’मा आर्यनको इन्ट्री

काठमाडौं : नायिका नीति शाहसँग सिनेमा ‘रुखान’मा नायक आर्यन अधिकारीले जोडी बाधिने भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो सिनेमामा निर्माणपक्षले आर्यनलाई भित्राएको हो ।

अब, सिनेमाको पर्दामा पहिलो पटक आर्यन र नीतिले जोडी बाध्ने भएका छन् । सिनेमाका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यनले केही बर्षदेखि सिनेमामा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो सिनेमा विशेष हुनेछ ।

यो सिनेमालाई ४ वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माणपक्ष छ । सिनेमालाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माणपक्षको भनाई छ । सिनेमामा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको सिनेमाका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । सिनेमामा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।

यो सिनेमा सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । सिनेमा निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

यो सिनेमाले सिंगो देशको नागरिकहरुले विभिन्न समस्याबाट जुध्दै गर्ने संघर्षको कथालाई देखाउनेछ । सिनेमाले मुख्यतया महिला संघर्षको कथा भन्नेछ ।