Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

ट्रेलरमा ‘सलीना’ : असाधारण उदेश्यले जन्म भएको राजकुमारीको कथा

काठमाडौंँ : अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सिनेमाको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ ।

‘सलीना’ रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको हो । यो सिनेमाको सम्पुर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो । त्यसैले यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर सिनेमा बताइन्छ । सिनेमाका निर्देशक तेजस राज जोशी हुन् । सिनेमा निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । शिव पुरी र श्रुति श्रेष्ठको  संयुक्त सम्पादन सिनेमामा छ ।

सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको सिनेमामा पाश्र्व स्वर शुशिल नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार रहेका छन् । सिनेमा विभिन्न एनिमेटेट पात्रहरुसँगको अन्तर्वार्ता चर्चित संचारकर्मीहरु सुरेश पौडेल, शुशिल नेपाल, राज श्रेष्ठलगायतले लिएका छन् ।

‘सलीना ’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो । असाधारण उदेश्यले जन्म भएको राजकुमारी अन्यपात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा सिनेमाको कथा आगाडी बढेको छ ।

सिनेमा प्रदर्शनका लागि सेन्सर वोर्डबाटबाट सेन्सर समेत भएको छ । सेन्सरबोर्डबाट सिनेमाले यू सर्टिफिकेट पाएको छ । नेपाली भाषामा सिनेमा निर्माण थालिएको ६ दशकमा बल्ल पहिलो एनिमेटेड सिनेमा बनेको हो ।

सिनेमा विशेष गरेर बालबालिका लक्षित भएपनि सबैका लागि उपयुक्त रहेको निर्देशक तेजस राज जोशीले बताए । ‘यो सिनेमा निर्माणका लागि ६ बर्ष लागेको छ’, जोशीले भने ‘सिनेमा अन्तराष्ट्रिय स्तरको बनेको छ ।’