Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

फ्लोरमा नजादै ‘रावायण’को प्रदर्शन मिति घोषणा

काठमाडौं : फ्लोरमा नजादै सिनेमा “रावायण” को प्रदर्शन मिति घोषणा गरिएको छ । लभ स्टोरी बनाउदै आएका निर्देशक सुदर्शन थापाको महत्वाकांक्षी प्रोजेक्टको रुपमा चर्चा भएको सिनेमालाई तीजको दिनबाट प्रदर्शनमा ल्याउने जानकारी दिइएको छ । फागु पुर्णिमाको अवसर पारेर सिनेमा २०८१ भाद्र २१ गते तिजको दिनबाट हलमा लाग्ने जानकारी गराईएको हो ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने सिनेमा थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । सिनेमाको मुख्य कलाकारमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाहि, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय रहने छ ।

सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, बिक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफ़ी, श्री श्रेष्ठको एक्शन रहने छ ।