Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘महाजात्रा’को जात्रा

काठमाडौं : यस वर्षकै बहुप्रतिक्षित सिनेमा हो ‘महाजात्रा’ । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । उक्त सिनेमाको मंगलबार काठमाडौंमा भव्य प्रिमियर शो समेत भयो । प्रिमियर शो हेरेपछि सिनेमालाई धेरै कलाकर्मी तथा संचारकर्मीहरुले राम्रो प्रतिक्रिया समेत दिएका छन् भने प्रिमियर पश्चात् सिनेमाको चर्चा झन् बढेको छ ।

सिनेमा भोलि शुक्रबारदेखि नेपाल लगायत विश्वभर एकसाथ प्रदर्शन हुँदैछ भने देश तथा विदेशमा रहेका दर्शकहरु सिनेमाको व्यग्र पर्खाइमा रहेका छन् । धेरैले त अग्रिम टिकट समेत खरिद गरिसकेका छन् ।

देशभर तीन सय बढी शोमा प्रदर्शन हुने सिनेमाको मल्टिप्लेक्सले शो खुलाएसँगै आफूलाई पायक पर्ने स्थानमा दर्शकले टिकेट लिईरहेका छन् । सिनेमाको टिकाटिप्पडि सकारात्मक आएपछि दर्शक बढिरहेको परिपेक्षमा प्रदर्शन अगावै हाउसफुल हुनुलाई ‘ब्राण्ड भ्यालु’ र ‘महाजात्रा’ समुह प्रतिको विश्वास मानिएको छ । सायद यसैलाई त भनिन्छ ‘महाजात्रा’को जात्रा ।

षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अर्बिन खड्का, काईरा कार्की लगायतको अभिनय रहेको छ । सिनेमालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।