काठमाडौं : गायिका नीता आचार्यको गीतहरुको संग्रह युट्युव मार्फत सार्वजनिक भएको छ । ९ वटा गीत समेटिएको संग्रहलाई उनले “समर्पण” एल्बमको नाम दिएकी छन् । पहिला पहिला क्यासेटमा एल्बम सार्वजनिक हुनेमा अहिले युट्युव मार्फत पनि त्यही फर्म्याटमा संग्रह बन्न थालेका छन् । अडियो मात्र सार्वजनिक गर्ने गायक गायिका खास रुपमा यो प्याट्रन मन पराउछन् ।
उनको सङ्रहमा चुप चाप, अध्भुत माया, गरिदेउ विदा, झिम झिम परेली, जिन्दगी त, मनको धोको, रंगिन सन्सार, यादहरु र भाग्य मेरो, गीत समेटिएका छन् । सङ्रहमा माया प्रेम देखि बिछोड पीडा र धोका सम्मका गीत समेटिएका छन् ।
लामो समय देखि अमेरिका बस्दै आउनु भएको आचार्यको थुप्रै गीत संगीतहरु बजारमा आईसकेको छ र ती गीतहरुलाई श्रोता दर्शकहरुले रुचाएका छ्न् । साथै उहाँका गीतहरु निता आचार्य युट्युव च्यानलमा गएर पनि हेर्न सक्नुहुनेछ ।















