Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पन्चड’ टाल्ने काम मात्र गरिरहेको छु : रबिन्द्र झा

काठमाडौं : कलाकार रविन्द्र झा लाई सिनेमा ‘जात्रा’को “मुन्ना” चरित्रले सिनेजगतमा स्थापित गर्यो । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो अन्य सिनेमाका चरित्रमा पनि सोही चरित्रको फ्लेभर आएको भन्दै उनले खण्डन गरेका छन् । अनुहार उहीँ हुने भएकोले कही न कही एक ब्यक्तिको चरित्रमा समानता भए पनि हरेक सिनेमामा फरक गर्ने प्रयास एक कलाकारको रहन्छ भन्छन् रविन्द्र ।

रंगमन्चमा स्थापित भैसकेका रविन्द्रलाई सिनेमामा ल्याउन सहज थिएन । तर जब सिनेमामा जोडिए उनले सफलतै सफलता प्राप्त गरे । ‘मुन्ना’ मात्रै भनेर रविन्द्र चिनिनुमा मेकरको पनि गल्ती देख्छन् कलाकार तथा निर्माता रविन्द्र सिंह बानिया । उनले रविन्द्रमा सम्भावना रहे पनि उनि माथी बिश्वास नगर्नु र फरक प्रयोग गर्न नचाहनु नै रविन्द्रलाई ‘मुन्ना’ चरित्रले चिनिनु भन्ने बुझाई छ उनको । खैर, ‘मुन्ना’ मार्फत नै पनि उनले दर्शकको मन जितेका छन् ।

झा ले आफू क्यारेक्टर आर्टिस्ट भएको र “पन्चड” टाल्ने काम मात्र गरिरहेको पनि बताएका छन् । उनले नायकले सिङ्गो गाडी गुडाउने र आफू जस्ता कलाकारले आवश्यकता हेरेर काम गर्ने गरेको बताएका हुन् । पन्चड नटाले सम्म गाडी नबढ्ने भन्दै उनले चरित्र कलाकार महत्त्वपूर्ण रहेको आशय ब्यक्त गरे ।

उनै झा अभिनित सिनेमा ‘महाजात्रा’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदै छ । प्रदीप भट्टराइको लेखन तथा निर्देशन रहेको सिनेमा षट्कोण आर्ट्सको ब्यानरमा बनेको हो ।