Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘उपहार’को गीत : ‘खाडीमा भेटौला’

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएकोे सिनेमा ‘उपहार’को ‘खाडीमा भेटौंला’ बोलको गीत सार्वजनिक भएको छ । यो संगै सिनेमाका पाँच गीत अब दर्शकले युट्युव मै हेर्न पाउने भएका छन् । मंगलवार सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द रचना छ । गीतको भिडियोमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त लाई देख्न सकिन्छ । सिनेमाले बक्सअफिसमा समेत सुखद व्यापार गरिरहेको वितरक करणले बताएका छन । अभिनेत्री रेखा थापा र अन्य दुई अभिनेत्री पूजा शर्मा र बेनिशा हमालको अभिनयको दर्शकले मनपराएका छन् ।

ज्ञानेन्द्र देउजाद्वारा निर्देशित सिनेमा यतिबेला देशभरका हलहरुमा प्रदर्शन भैरहेको छ । रेखा फिल्मस र कपनगढी सिनेमा प्रा.लिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमामा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, अनुपम गौतमको भीएफएक्स, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।