Sur Cinema

बनेपाका दर्शकसँग ‘उपहार’ टिम

काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘उपहार’ले सोमबार बनेपाको शुभकामना हलमा हाउसफूल व्यापार गरेको छ । सोमबार निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्री पूजा शर्मा, वितरक करण श्रेष्ठ ‘क्रेजी’ र कलाकार अंशु थापाको टोली उक्त हल पुगेको थियो ।

अभिनेत्री पूजा शर्मा सिनेमा रिलिज पछि हरेक दिन दर्शकको प्रतिक्रिया बुझ्न हल–हल पुगिरहेकी छन् । यही क्रमलाई निरन्तरता दिँदै उनी सोमबार टिमसहित बनेपाको शुभकामना हल पुगेकी हुन् । शुक्रबार र शनिबार उपत्यकाका हलमा दर्शकमाझ अन्तरक्रिया गरेकी पूजा सोमबार बनेपा पुगेकी हुन् । शुभकामना हलका सञ्चालक दुर्गा प्रधानले समेत सिनेमा राम्रो चलेको बताए ।

रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमामा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।सिनेमामा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । सिनेमाको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।