Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कमेडी च्याम्पियन र ‘महाजात्रा’ टिम आज बिर्तामोड र इटहरीमा

काठमाडौं : टेलिभिजन र युट्युब च्यानलमा हेरिदै आएको कमेडी च्याम्पियन अब पुर्वको दुई शहर बिर्तामोड र इटहरीमा हेर्न पाइने भएको छ । टेलिभिजनको पर्दामा मात्र सजिलै सँग हेरिदै आएको कमेडी च्याम्पियनको परिवारलाई नै अब लाइभ हेर्न पाइने भएको हो । शनिबार कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी र कमेडियनद्वय सुमन कार्की र कैलाश कार्कीले बिर्तामोड र इटहरीमा पत्रकार सम्मेलन गरी ‘महाकमेडी’ यात्राको बारेमा जानकारी दिएको छन् ।

निर्देशक भण्डारीका अनुसार यही चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘महाजात्रा’ को टिम सँग मिलेर बिर्तामोड र इटहरीमा महाकमेडी गरिनेछ । कमेडी च्याम्पियनका दीपाश्री निरौला, सुमन कार्की, कैलाश कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, प्रशान्त लामा,सन्तोष थापा,पवन भट्टराई ,सुशान्त बश्याल, पूजान अधिकारी लगायतले प्रस्तुती दिनेछन । सेटमै गएर लाइभ हेर्न इच्छा रखेका र हेर्न नपाएका पुर्वका दर्शकहरुको लागी कमेडी शो कसरी खिचिन्छ लाइव कस्तो हुन्छ भन्ने कुरा जानकारी होस र लाइभ स्वाद लिन पाउन भएको होस् भन्ने हेतुले टुर गरेको भण्डारीको दावी छ । अनेक काम बाट थाकेका सम्पूर्ण पुर्वेली दर्शक हरुको लागी मनोरन्जन र फ्रेश बनाउन महत्वपूर्ण खुराक बन्ने च्याम्पियन टिमको दावी छ ।

कलाकार कमेडियन सुमन कार्कीले यसरी सेट नै छाडेर पहिलो पटक कमेडी च्याम्पियन टिम संगै महाकमेडी यात्रा गर्न पाउदा आफुलाई परिवार सँग तिर्थ यात्रा गएको जस्तो अनुभव भएको सुनाए । आफुहरुले केही समय अमेरिका यात्राको दौरानमा पनि केही नयाँ अनुभव लिए पनि यसपटक परिवारनै यात्रामा निस्किदा निकै फरक अनुभव र रमाइलो भएकोले दर्शकहरुकै अगाडी बसेर प्रस्तुती दिन पाउदा निकै उत्साहित रहेको बताए । के हामीले टिभीमै देखिरहेको केन्द्रिय राजनीतिलाई व्यङग्य गरेकै रोस्ट हानेकै कमेडी हेर्न पर्ने हो भन्ने पत्रकारको जिज्ञासामा कार्कीले स्थानिय स्तरकै समसामयिक बिषयलाई मिठो कोसेली पस्किने तयारी रहेको र आएका दर्शकलाई निराश बनाएर नपठाउने दावी गरे ।

अर्का कमेडियन कैलाश कार्कीले टेलिभिजनमै देखिरहेको स्वाद स्थानिय तवरले मजाले हेर्न पाउने र टिभिमा हेरेकै जस्तै पाहुना सहित प्रस्तुती दिन पाउदा निकै उत्साहित भएको सुनाए । टिमका अनुसार यही फागुन ३० गते बिर्तामोडको सिटी सेन्टर स्थित साइ पार्टी प्यालेस र चैत्र १ गते इटहरी २ आपगाछी स्थित इम्पेरियल पार्टी प्यालेसमा साझा ५ बजेदेखी सुरु हुनेछ । कार्यक्रममा सहभागी हुन रु ५०० को टिकट खरिद गर्न पर्ने छ भने बिधार्थीका लागी आइडी कार्ड देखाएर ५०० मा दुई वटा टिकट पाउने आयोजकले जनाएको छ । कार्यक्रमको स्टेजमा गेस्टको रुपमा ‘महाजात्रा’ का मुख्यकलाकारहरु हरीबंश आचार्य, बिपिन कार्की , बर्षा राउत , रबिन्द्र सिंह बानिया, राजाराम पौडेल , निर्देशक प्रदिप भट्टराई , निर्माता म्याक्स दिपेश खत्री रहने छन् । यात्रा गत फागुन २१ गतेदेखि सुरु गरेर दुई चरणमा गरिएको छ । पश्चिमका पोखरा , बुटवल, हेटौंडा सकेर टिम पुर्वका शहरहरुमा कार्यक्रम गर्न लागेको हो ।