Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रुचाईदै ‘उपहार’

काठमाडौं : हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘उपहार’ले शनिबार समेत देशभर हाउसफुल ब्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभीज बिएसआर लोत्से मल नेपालगञ्जलगायतका हलहरु आज सनिबार पनि हाउसफूल भएका छन् ।

शनिबार दिन भर निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, अभिनेता मुकुन लगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त छन् । निर्देशक देउजाका अनुसार देशभरका हलमा उपहार सिनेमा हेर्ने दर्शकको चाप आशालाग्दो छ ।

रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमामा ज्ञानेन्द्र देउजाको निर्देशन छ । सिनेमामा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । सिनेमा उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।