Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

हल-हलमा पूजा र बेनिशा, दर्शकले सम्झिए रेखा

काठमाडौं : महाशिवरात्रि तथा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रिलिजमा आएको सिनेमा ‘उपहार’ले आक्रामक ओपनिङ गरेको छ । बिहानी शोबाटै दर्शकको उच्च साथ पाएको सिनेमाले दिवा र रात्रीकालिन शोजमा दर्शकको आक्रामक साथ पायो । अपेक्षित संख्यामा हल नपाएको भए पनि जति शो पाएको थियो त्यस्को अकुपेन्सी लोभलाग्दो थियो ।

सिनेमामा रेखा थापाको निर्माण सङ्गै अभिनय छ । रेखा त्यो नाम हो जसले हिरो बिनै सिनेमा चलाउने ल्याकत राख्छिन । उनै रेखाको सिनेमा हेर्न दर्शक हलमा आउने नै भए । तर हरेक पटक आफ्नो सिनेमा हलमा लाग्दा भौतिक रुपमा सम्भव भए सम्म हरेक हलमा पुग्ने रेखाको अभाव दर्शकले महसुस गरे । भलै ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको नेपाली पनको सिनेमा हेर्न दर्शक समय मिलाएर पहिलो दिन नै हल सम्म पुगे । रेखा अहिले मातृत्वको समय ब्यतित गर्दै छिन् । सिनेमा सङै आफ्नो सन्तानलाई समय खर्चिदै छिन् । तर पनि उनका फ्यानले उनलाई गर्ने माया र उनी प्रतिको क्रेज कम हुन दिएका छैनन् ।

शुक्रबार दिनभर काठमाडौंका मल्टिप्लेक्स र सिंगल हलहरुमा दर्शकको भिड राम्रो थियो । सिनेमा हेरेका दर्शकले सिनेमाले भरपुर मनोरन्जन दिएको बताए । सिनेमाको इन्डिङ प्रोपर भएन भन्ने आरोप एक पछि अर्का सिनेमाले खेप्दै गर्दा “उपहार” को क्लाईमेक्स लाई दर्शकले मन पराए भने हल बाहिर आउदा दर्शकको मुहारमा सन्तुष्टि झल्किन्थ्यो । साथै लभस्टोरी जनराको सिनेमामा काम गरिरहेकी नायिका पूजा शर्माको यो सिनेमामा कमेडीपनलाई पनि सबै दर्शकले तारिफ गरिरहेको छ ।

आज दिनभर नै नायिकाद्धय पूजा शर्मा, बेनिशा हमाल,कलाकार अशुं थापा, मुकुन भुसाल, समर्पण जंग कार्की र निर्देशक देउजा स्वयम् काठमाडौंका हल हलमा पुगेका थिए । उनीहरूसँग तस्विर खिचाउन दर्शकको भीड बाक्लो देखियो । काठमाडौंको अष्टनारायण हलमा लामो समयपछि दर्शकको अकुपेन्सी उच्च देखिएको थियो ।

रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अन्सु थापा लगायतको अभिनय रहेको सिनेमाले ब्यापारमा खडेरी लागेको समयमा केहि हद सम्म पनि राहत दिने संकेत देखाएको छ ।