Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बोक्सीको घर’ टिजर

काठमाडौं : फस्ट लुक बाटै चर्चामा आएको सिनेमा ‘बोक्सीको घर’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा केकी अधिकारी र स्वेच्छा राउतलाई खास रुपमा प्रस्तुत गरिएको छ । टिजर हेरेर दर्शक तर्सिने संभावना रहेको देख्न सकिन्छ ।

पिपलको रुख, खोला लगायत प्रस्तुत गरेर नेपाली समाजमा ‘बोक्सीको बास’ हुने सम्भाब्यता रहेका स्थान र परिस्थितीलाई टिजरमा समेटिएको छ । समग्रमा टिजर सिनेमाको नाम संग कन्भिन्स्ड हुने गरि प्रस्तुत गरिको छ भन्न सकिन्छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमा केकी अधिकारी फिल्मसले निर्माण गरेको हो । सिनेमाको निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।सिनेमामा केकी र स्वेच्छाका अलवा सुपला सापकोटा, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

लोचन रिजालको पाश्र्व संगीत रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले यो सिनेमा वितरण गर्नेछ । सिनेमा आगामी बैशाखको १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदै छ ।