Sur Cinema

जेठ १० बाट हलमा पूजाको ‘दान्भी’

काठमाडौं : भारतको छायांकन सेड्यूल सकेपछि सिनेमा ‘दान्भी’को प्रदर्शन मिति घोषणा गरिएको छ ।महाशिवरात्री र अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर निर्माण टिमले सिनेमाको प्रदर्शन मिति तय गरेको हो । सिनेमा आगामी वर्षको जेठ १० गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा परेकाले पनि सिनेमा बिहिबारबाट नै हलमा लाग्नेछ ।

एक्सनप्रधान सिनेमाको शिर्ष भूमिकामा नायिका पूजा शर्माले काम गरेकी छिन् । सिनेमामा पूजाको साथमा नायक कुन्साङ बोमजम, किरण श्रेष्ठ लगायतको मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको सिनेमामा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । त्यस्तै सिनेमामा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।
सिनेमाको एक्सनसँगै कथावस्तु पनि उत्कृष्ट बनेकाले दर्शकले रुचाउने विश्वास निर्माणपक्षको छ । रुपेश तामाङको निर्देशनमा यो सिनेमा तयार भएको हो ।