काठमाडौं : निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने भएकी छन् । यो डकुड्रामामा उनीहरुको नै मुख्य भुमिका रहने भए पनि निर्देशक भने फाईनल हुन बाकीँ छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने डकुड्रामा छायांकनका लागि उनी र आर्यन आगामी मे मा नेपाल आउँदैछन् । उनीहरु दुवै जना लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना कलाकार छनोट गरिनेछ । जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी सलिना र आर्यनको छ । डकुड्रामाको उद्देश्य आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने सलिनाले बताइन् ।
सात एपिसोड निर्माण गरिने डकुड्रामालाई ७ जना निर्देशकले नै निर्देशन गर्नेछन् ।
डकुड्रामाको संगीत शम्भुजित बास्कोटाले दिनेछन् भने गीत आनन्द अधिकारीले लेख्नेछन् । हाललाई यो ड्रामाको बजेट ५० लाख छुट्याइएको छ । हाल सलिना र आर्यन अस्ट्रेलियाको सोसल मिडियामा भाइरल छन् ।















