काठमाडौं : दुई दशकदेखि नेपाली संचार क्षेत्रका सक्रिय संचारकर्मी बिना श्रेष्ठको कार्यक्रम ‘द विनाज शो’ अब प्राईम टेलिभिजनबाट प्रसारण हुदैछ । बिहीबार (आज) बाट प्रसारणमा आउन लागेको उक्त शोको पहिलो अथितिको रुपमा अभिनेत्री करिष्मा मानन्धर रहेकी छिन् । कार्यक्रममा विभिन्न क्षेगमा योगदान पुर्याएका व्यक्तिहरुसंग विगत तथा वर्तमानका समय सान्दर्भिक कुराकानी गरिने संचारकर्मी श्रेष्ठले बताईन् ।

यस अघि टिभी टुडे टेलिभिजनमा प्रसारणमा आएको यो शो दर्शकमाझ लोकप्रिय छ । पहिलाको टिभी च्यानल जस्तै प्राईम टिभीमा प्रसारण भएको कार्यक्रमले पनि लोकप्रियता पाउनेमा बिना विश्वस्त छिन् । श्रेष्ठ दुई दशक देखि नेपाली संचार क्षेत्रमा निरन्तर आबद्ध उहाँ हाल प्राईम टेलिभिजनका कार्यकारी निर्माता समेत हुनुहुन्छ ।















