Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मोफसल यात्रामा ‘महाजात्रा’ टिम, आज पोखरामा

काठमाडौं : आगामी चैत्र ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमा ‘महाजात्रा’ प्रचारप्रसारमा ब्यस्त देखिएको छ । प्रचारकै लागि टिम यतिबेला पोखरा पुगेको छ। कमेडी च्याम्पियन टिमसँग मिलेर देशब्यापी प्रचारमा लागेको टिम ‘महाकमेडी यात्रा’को लागि आज सोमबार पोखरा पुगेको हो । यो सङै सिनेमाको प्रमोसनल टुर सुरु भएको छ ।

नेपालका विभिन्न शहरमा रहेका दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यले ‘महाजात्रा’ टिमले ‘महाकमेडी यात्रा’ गर्न लागेको हो। यात्राको पहिलो दिन ‘महाजात्रा’ टिमसँगै कमेडी च्याम्पियन टिमले पोखराको सभागृह हलमा आज सोमबार बेलुका ६ बजेदेखि ९ बजेसम्म कमेडी नाइट कार्यक्रम गर्दैछ ।

सिनेमा प्रचारका लागि निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री, कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँ, कलाकार हरिवंश आचार्य, अभिनेत्री वर्षा राउत, प्रोडक्सन म्यानेजर रुपक प्रताप अधिकारी लगायतका मेम्बर निस्किएका छन् । त्यस्तै, कमेडी च्याम्पियन टिमको तर्फबाट दीपाश्री निरौला, विशाल भण्डारी, सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, सुमन कोइराला लगायतका कलाकारहरु टुरमा रहेका छन् ।