Sur Cinema

हलमा लागिरहेको सिनेमा ‘अगस्त्य’ युट्युवमा लिक

काठमाडौं : यही शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘अगस्त्य’ युट्युवमा लिक भएको छ । सिनेमाको आधा घण्टा बढी भाग युट्युवमा पाइरेट गरि लिक गरिएको छ ।

हलमा मोबाइल खिचिएको भिडियोलाई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । १३ घण्टा अगाडी बिबेक विक्रम शाही नामक युट्युव च्यानलबाट भिडियो अपलोड गरिएको छ । यसबारे सुरसिनेमाकर्मीले निर्देशक सौरभ चौधरीलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

त्यसो त फेसबुक र अन्य सामाजिक सन्जाल मार्फत धेरै अडियन्सले ससाना क्लिप्स भने सेयर गरिरहेकै छन् । तर आधा घण्टा बढीको भिडियो बाहिरिदा मेकरले के एक्सन लिने हुन त्यो भने हेर्न बाँकी छ ।