Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

फ्राइडे रिलिज : अगस्त्य

काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत आज फागुन १८ गते शुक्रवार बाट सिनेमा‘अगस्त्य च्याप्टर १’ सोलो प्रदर्शनमा आएको छ । सौरभ चौधरी निर्देशित सिनेमाले देशभरका हलमा उच्च शो पाएको छ । सिनेमालाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ । देश भर २५०बढी शो पाएको सिनेमाले कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न बाँकी छ।

सिनेमामा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको सिनेमामा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ । सिनेमामा डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको छ ।