Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गीत ‘भर्जिन जवानी’ : बोल्ड अवतारमा उषा

काठमाडौं : बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बरको गीत ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । उक्त गीतमा मोडल उषा उप्रेतीलाई अहिले सम्मकै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।

शुक्र तामाङको निर्माण रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक पाण्डे नै रहेको छ । राजु कोइरालाको शब्द रचना रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर सुन्न सकिन्छ ।

गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज र दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ । भिडियोमा प्रिया नगरकोटीको मेकअप तथा हेयर, हिमाल श्रेष्ठको क्यामरा एसिस्ट, सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कलर र पोस्टर, जटा शंकरको आर्ट र कमल परियारको कोरियोग्राफी एसिस्ट छ । भिडियो शुक्र तामाङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।