Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सल्लेरी पाखाहरू’मा रमाउदै दिक्पाल र जिशु

काठमाडौं : सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ । विशाल पौडेलको सङ्गीत, प्रदीप जोशीको मिक्सिङ/माष्टरिङ र सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पिटर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको छ । दिपेन खड्काको छायांकन रहेको भिडियोमा विष्णुहरि तिमिल्सिनाको सम्पादन छ । गीतको भिडियो सुरेन गौतम म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आएका गौतम अमेरिकामा रहेर नेपाली गीत संगीत क्षेत्रमा आफूलाई तल्लिन बनाउँदै आएको छ । उहाँका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।