Sur Cinema

प्रदर्शन हुने भो ‘लालीबजार’

काठमाडौँ : उच्च अदालत पाटनले सिनेमा ‘लालीबजार’को प्रदर्शन रोक्ने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सिनेमा प्रदर्शनको बाटो खुलेको छ। निर्माण कम्पनी षट्कोण आर्ट्सका अनुसार सिनेमा आगामी शुक्रबार वैशाख २५ गतेदेखि प्रदर्शनमा आउनेछ।

निर्माता म्याक्स दीपेश खत्रीले सिनेमा कुनै समुदाय वा वर्गको भावनामा ठेस पुर्‍याउने उद्देश्यले नबनाइएको स्पष्ट गर्दै, आमा–छोरीबीचको संघर्ष र सम्बन्धको कथा प्रस्तुत गरिएको बताए।

सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।