Sur Cinema

वरिष्ठ गायक भक्तराज आचार्यको निधन

काठमाडौं : वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। लामो समयदेखि मुखको क्यान्सरबाट पीडित आचार्यलाई सोमबार अक्सिजनको तह कमी भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो।

‘मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् वुद्धका आँखा, हजार सपनाहरुको’ लगायत सयौं लोकप्रिय गीतहरू दिइसकेका आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो। आचार्य लोकप्रिय गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यका पिता हुन्।

आचार्यको निधनपछि नेपाली सांगीतिक क्षेत्र यतिबेला शोकमा डुबेको छ।