Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सकियो सिनेमा “सिटामोल” को छायांकन

काठमाडौं : राज बहादुर सानेको निर्देशन रहेको सिनेमा ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पुर्ण छायांकन सिन्धुलीमा सकिएको बताए ।

२५ दिनमा सकिएको सिनेमा आगामी तिज छेको पारी रिलिज गर्ने निर्माण टिम्क्को तयारी छ । सिनेमाको छायांकन सकिएलगत्तै मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक भैसकेका छन । माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ ।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । सिनेमामा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

सिनेमाको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचिरहेका छन् । सिनेमामा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता हुन् ।