काठमाडौं : अध्ययनको क्षेत्र हेर्दा उनी स्वास्थ्य क्षेत्रका मानिस अहिले नाच्दै अभिनय गर्दै भेटिन्छन् । कसरी पढाइ र काम भिन्न भयो कुनै दिन चर्चा गरौला । अहिले भने हामी ब्यस्त मोडल तथा कलाकार प्रभात पालको अहिलेको ब्यस्तताको बारेमा कुरा गर्दैछौ ।
इन्दिरा जोशीको प्रणय दिवश विशेष गीत त सबैले सुन्नु भयो होला । “क्यारी भेटम” बोलको रमाइलो गीतको भिडियोमा इन्दिराका प्रेमी बनेका मोडल नै प्रभात हुन् । बिशेषत रोमान्टिक रोल मन पराउने प्रभातलाई कामकोअफर पनि त्यस्तै नै आएको छ । ‘क्यारी भेटम’ नै नियाल्दापनी उनी उक्त भिडोयोमा फिट देखिन्छन् ।
म्युजिक भिडियोको बजार सुस्ताएको छ । तर प्रभातको ब्यस्तता लोभलाग्दो छ । प्राय जसो हरेक दिन बिराएर उनी अभिनित भिडियो सार्वजनिक भएको देखिन्छ र उनले हरेक पटक भिन्न काम गर्ने प्रयास गरिरहेका छन् । उनको काम र मेहनत कै कारण हुन पर्छ उनलाई मेकरले पत्याईरहेका छन् ।
प्रभातको डेब्यु सिनेमा हो ‘डिसेम्बर फल्स’ । उनको छोटो भुमिकालाई पहिलो सिनेमा बाटै खुब मन पराईयो । त्यस पछि उनले सोभित बस्नेतको सिनेमा ‘डाडाको वर पिपल’ मा काम गरे । विवादको कारण सिनेमा खासै चलेन । तर पनि प्रभातको कामको चर्चा भयो । त्यस पछि ‘सरी मम’ सिनेमामा उनले काम गरे । यसरी हेर्दा सिनेमा रिलिजको हिसाबले उनले ह्याट्रीक हानिसकेका छन् ।
यस पछि पनि उनी विभिन्न सिनेमामा काम गरिरहेका छन् । हिन्दी भाषाको एक सिनेमाको छायांकन सकेर बसेका छन् प्रभातले । त्यस्तै रमित ढुंगानाको डेब्यु निर्देशन रहने सिनेमा ‘नमेटिने घाउ’मा पनि उनले अभिनय गर्ने पक्का पक्की भैसकेको छ । यो सिनेमा छिट्टै नै फ्लोरमा जाँदैछ । त्यति मात्र होइन् । अझ अर्को सिनेमामा पनि उनी अनुबन्धित भैसकेका छन् जसको नाम भने उनले खुलाउन चाहेनन् ।
हालै उनको ‘प्रेम गीत ३’ फ्लेभरको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जीत मान्दिन’ बोलको गीत देखि भिडियो सम्म प्रेम गीत फ्लेभरको छ । यसरी कपि गरिएका कन्सेप्टहरुमा काम गर्दा भने प्रभातलाई असर गर्न सक्छ । भन्न त उनी छानेर काम गर्न थालेको बताउछन । तर यी र यस्ता त्रुटीले उनलाई ओझेल पार्न सक्छ । होइन भने उनको कला अभिव्यक्तिमा त खोट लगाउने ठाउँ छैन् ।















