Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

धिरज र साम्राज्ञीको ‘रुमानी रङ्ग’ औपचारिक घोषणा

काठमाडौं : साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भुमिका रहने सिनेमा ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ ।

अनिल योञ्जनको निर्देशन रहने यो सिनेमामा साम्राज्ञी र धिरजले दोस्रो पटक सहकार्य गर्दै छ्न् । ‘इन्टु मिन्टु लन्डन’मा एकसाथ काम गरेका यी दुई पाँच वर्ष पछि पुन स्कृन सेयर गर्न लागेका हुन् ।

राजधानीमा एक कार्यक्रमका बिच घोषणा भएको यो सिनेमामा कथा, पटकथा र संवाद समेत निर्देशक योञ्जनकै रहनेछ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने सिनेमामा जिएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन् । सिनेमामा आविस्कार बहुसंचार प्रा.लि को सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ।

सिनेमाको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ । निर्माणपक्षले यो सिनेमालाई रंगिन प्रेमकथा भनेको छ। सिनेमा वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ। महेश पौडेलको सिनेम्याटोग्राफी रहने सिनेमामा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन् ।