Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गीत ‘क्यारी भेटम’ : इन्दिरा र प्रभातको भेट्ने चाहाना

काठमाडौँ : गायिका इन्दिरा जोशी र राजनराज सिवाकोटी स्वरमा ‘क्यारी भेटम’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा इन्दिरा स्वयम् र अभिनेता प्रभात पाल ठकुरी छन् ।

विकास प्रसाई निर्देशित भिडियोमा इन्दिरा र प्रभातले एक अर्कासँग भेट्ने चाहान पुरा गर्न गरेको प्रयास देखाइएको छ । विकासकै सम्पादन रहेको भिडियोमा राजिव समरको कोरीयोग्राफी, राम केसिको सिनेम्याटोग्राफी र टेकेन्द्र शाहको कलर रहेको छ ।

इन्दिराको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् भने गीतमा राजनराज कै कम्पोज रहेको छ ।