Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पशुपति शर्माको ‘सोच्दा सोच्दै गयो जिन्दगी’ रिलिज

काठमाडौं : लोकप्रिय गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। शुक्रबार उनले ‘सोच्दा सोच्दै गयो जिन्दगी’ बोलको गीत आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन्।

गीतमा पशुपति कै शब्द, संगीत अनि स्वर रहेको छ। उसो त पशुपतिले प्रायः आफूले गाउने गीतको शब्द अनि संगीत आफैं बनाउने गर्छन्। यो गीतमा पशुपतिले जीवनको पीडा प्रस्तुत गरेका छन्।

गीतको भिडियो भने सामान्य छ। भिडियोमा पशुपति स्वयं देखिएका छन्। दुर्गा पौडेलले निर्देशन रहेको भिडियोलाई दुर्गाले नै खिचेका हुन्। सम्पादन भने नवीन घर्ती मगरले गरेका छन्।