Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कुशुमको नजरमा प्रकाश सपूत ‘गड फादर’

काठमाडौं : पछिल्लो समय कुशुम शर्मालाई नचिन्ने त सायदै दर्शक होलान्। कुशुमलाई वास्तविक नामले भन्दा पनि ‘सकम्बरी’ भनेर चिन्ने गरिन्छ। प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट म्युजिक भिडियोमा कुशुमले डेव्यू गरेकी हुन्।

डेव्यू म्युजिक भिडियो नै सुपर हिट भएपछि उनको परिचय नै फेरिएको छ। पछिल्लो समय कुशुमको व्यस्तता पनि बढेको छ। उनले ‘सकम्बरी’ पछि दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। तर उनका पछिल्ला म्युजिक भिडियोहरु दर्शकको नजरमा पर्न सकेनन्।

कुशुमलाई प्रकाशले फ़ेरि ‘मुटु कटक्कै’ गीतमा अवसर दिए। प्रकाशसँगको दोस्रो सहकार्य थियो कुशुमको। ‘मुटु कटक्कै’ गीतले कुशुमलाई झन् लोकप्रिय बनायो। यसैले पनि कुशुमले प्रकाशलाई ‘गड फादर’ मान्छिन्।

पछिल्लो समय एक मिडियामा अन्तर्वार्ता दिनेक्रममा प्रकाश आफ्नो ‘गड फादर’ भएको बताएकी हुन्। म्युजिक भिडियोको दुनियाँमा आफूलाई पाइला टेकाउने काम प्रकाशले गरिदिएको भएर ‘गड फादर’को रुपमा कुशुमले प्रकाशलाई लिने गरेको बताउछिन्। हाल कुशुम केही सिनेमामा समेत व्यस्त छिन्।