काठमाडौं : डाइरेक्टरले चार टोलीलाई कथा सुनायो र पैसा झार्यो! सुटिङ ३ दिनपछि सुरू हुन्छ भनेर चारै टोलीलाई झुलायो तर कहिल्यै सुरू गरेन। एकदिन चारै टोली निर्माता एकैसाथ भेटिएछन् र निर्देशक भनौंदोको घर खोज्दै पुगेछन्! लास्टमा पत्ता लागेछ कि त्यो निर्देशक त रेडियो टिभी बनाउने मेकानिक पो रहेछ! त्यसपछि कान्छी नानी कहिल्यै रून पाईनन्!
माथी उल्लेखित घटनाका हरफ ‘भुठान’ सिनेमाका निर्माता अबीरल थापाले सामाजिक सन्जालमा लेखेका छन् । अहिले सिनेमा घोषणा र पोस्टर रिलिजको बाडी देख्दा अबिरलले भनेका ‘मेकानिक’ र ‘अनि रुन्छिन् कान्छि नानी’को भिड पुन: बाक्लिएको अन्दास लगाउन समय लाग्दैन ।
सलिनमान बनियाको कमब्याक सिनेमा भन्दै पोस्टर सार्वजनिक गरियो । ‘युनिभर्सिटी अफ गुन्डाज’ नाम दिइएको सिनेमाको बजेट सम्म सार्वजनिक भयो । तर एआई द्वारा निर्मित पोस्टरमा न त निर्देशकको नाम राखिएको छ न अरु कुनै जानकारी । दुई फ्लप सिनेमा दिएका सलिनको स्टाईल बेचेर ‘मुर्गा’ (निर्माता) खोजेको बुझ्न सिनेजगत बुजेकालाई दुई मिनेट पनि लाग्दैन । होइन भने चार करोड लगानी लाग्ने सिनेमाको कथाको बारे मात्रै भए पनि केही जानकारी त आउनु पर्ने ।
लक्षमण सुबेदीले सिनेमा ‘सतिदेवी’ बनाए । उनकै निर्माण लेखन र निर्देशनमा बनेको सिनेमा प्रदर्शनका लागि तयार पनि छ । तर उनी प्रदर्शन मिति नै तय गर्न नसकी अन्योलमा छन् । भलै उनको सिनेमाले कतै उत्कृष्ट सिनेमाको उपाधी जितिसकेको छ । यही बिच उनले अर्को सिनेमा ‘पार्वति’ घोषणा गर्न भ्याई सके । अघिल्लो सिनेमा रिलिज गर्नै हम्मे हम्मे भएको बेला उनी अत्तालिएर पोस्टर सहित अर्को सिनेमा बनाउने भनिदिए । अब मेकरले बनाएर थुपार्ने मात्रै भए त्यस्को दर्शकलाई के मतलव भयो र !
दीपक मनाङ्गे हिरो बन्ने भन्दै केही समय अघि खबर सार्वजनिक भए । उनकै निर्माण रहने गरि सिनेमाको कथा शिवम् अधिकारीले लेखेको भनियो । सम्राट बस्नेतले निर्देशन गर्ने भनिएको सिनेमामा सबिन श्रेष्ठ पनि हुने खबर थियो । मङ्सिरमा फ्लोरमा गएर नंया बर्षमा रिलिज गरिने पनि भनियो । तर मनाङ्गेले सिनेमाबाट हात झिके लगत्तै सिनेमा न यता न उता भयो । अब यो सिनेमा बन्ने सम्भावना कम छ ।
उ बेला ‘बाघचाल’ बनाउने हल्ला सबिन श्रेस्ठले चलाएका थिए । अहिले पनि ‘रुखान’ बनाउने भन्दै सबिन नै तातिरहेका छन् । चार भाषामा सिनेमा बन्ने निर्देशन सबिर श्रेष्ठले गर्ने भन्दै खबर बनिरहेका छन् । पोस्टर पनि सार्वजनिक गरिएको छ । तर हेर्दै एआई मार्फत बनाईएको लाग्ने पोस्टर बनाएर सबिन र सबिर ‘मुर्गा’ खोज्दै छन् भन्छ उनीहरु निकट स्रोत ।
यी त भए पोस्टर बनाएर मुर्गा खोज्ने तयारीमा लागेका झै देखिने केही सिनेमा । यहाँ अन्य कोही त अडिसन आयोजना गरि पैसा कमाउनै पनि थालेका छन् । ‘द्रौपदी’ सिनेमा बनाउने भन्दै ऋषिराज आचार्य आफू निकट टिम लिएर दौडिरहेको देख्न सकिन्छ । अब उनको सिनेमा फ्लोर सम्म पुग्ला कि अबिरलले भने झै भिन्न भिन्न निर्माताको घर सम्म मै सिमित होला हेर्न बाँकी छ ।
सिनेमा जगतमा आफै भित्र धेरै समस्या छन् । एकले अर्को लाई माथी उठ्नै नदिने प्रवृत्ति पनि हावी छ । प्रिमियर र विशेष शोमा पुग्दा मुसुक्क हासेर सिनेमा राम्रो भएको भन्ने तर लगत्तै कफिसपमा बसेर सिनेमा असफल बनाउन डटेर लाग्ने जमात पनि छ यहाँ । यही बिच बीस बुदे कार्यविधि आएको छ । जसले सिनेजगतलाई खुम्च्याउने प्रयास थालेको देखिन्छ । अब यी र यस्ता समस्याबाट आफै आफै लड्न र बाह्य तत्वलाई आक्रमण गर्नबाट बचाउन के गर्ने ? सिङ्गो सिनेजगतले मनन र छलफल गर्नै पर्ने देखिएको छ ।
माथी उल्लेखित केही शब्दहरु गलत सम्प्रेषण भएको कारण हटाइएकोले माफी चाहान्छु ।















