Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पितृसत्ताले पिल्स्याएको पुरुषको कथा ‘दयारानी’

काठमाडौं : अर्ग्यानिक अभिनयले दर्शकको मन जितेका माओत्से गुरुङको निर्देशनमा सिनेमा “दयारानी” बनेर तयार छ । अभिनय जस्तै उनको लेखन र निर्देशनमा पनि “अर्ग्यानिक” पन स्पष्ट देखिछ । उनले आफ्नै कथा अर्थात नेपाली कथा टिपेर ‘दयारानी’ सिनेमा निर्माण गरेका छन् ।

यही माघ २६ गतेबाट सिनेमाहलमा लाग्दै गरेको यो सिनेमाको कथामा आफ्नोपन मात्रै छैन् पितृसत्तात्मक समाजको तितो यथार्थ पनि छ । एक पुरुष,पितृसत्तात्मक समाजको उत्पादन जो आफ्नो कमजोरी लुकाउन महिला माथी हावी हुँदै गर्दा नियतिले धकेलेर सत्य र असत्यको मझेधारमा खडा हुन्छ, यही कथाको वरिपरि घुमेको छ दयाहाङ राईको चरित्र ।

एक पतिब्रता महिला(दिया पुन) जो आफ्नो श्रीमान र परिवारको खुसीका लागि श्रीमान समेत बाड्न तयार हुन्छिन । जसको बिकल्पको रुपमा बहिनी रोज्दै गर्दा नया युवती (श्रीशा कुवर) को प्रवेशले उनी भित्रको पीडा आक्रोश बनेर श्रीमान माथी खनिन्छ ।

बिजय बरालको चुक्ली लगाउने, आवारापन सहितको चरित्रले यो सिनेमामा पनि निरन्तरता पाएको छ । परिवारको प्रेसर, आमाको माया, बाबुको इज्जत प्रतिको प्यार लगायत कोडिएका पटकथाहरु मिलाएर ट्रेलरमा समेटिएको छ ।

एक पुरुष जो नेपाली समाज (पितृसतात्मक) मा जन्मिएको छ जसलाई आफ्नै कमजोरी स्विकार्न हम्मे हम्मे परेको छ । बरु महिलालाई ‘बाझी’को ट्याग लगाएर उम्किदै छ । त्यो पनि पत्नी प्रेमको ढोग रचेर । उ वास्तवमा आउ जस्तै पुरुषले सिर्जना गरेको पितृसतात्मक समाजको नियमका कारण पिल्सिएको छ ।

यो कथा पर्दामा दया र दियाको कथा हो । तर वास्तविक जिवनमा यस्ता धेरै कथा छन् जसले बिनाकारण महिला पिडित हुन परेका छ र आफ्नै कारण पुरुष हरेक दिन मरेर बाचिरहेका छन् ।

लामो समय पछि नेपाली सिनेजगतका दर्शकले भिन्न कथामा सिनेमा हेर्ने एउटा अवसर पाएका छन् । र यसको निर्माण गरेर मेकरले सिनेजगतलाई ऋण लगाएका छन् भन्दा फरक नपर्ला ।