Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सविरको निर्देशनमा ‘रुखान’को घोषणा

काठमाडौं : निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ सिनेमाको घोषणा गरिएको छ । सविरको निर्देशनमा सिनेमा ‘रुखान’ निर्माणको घोषणा गरिएको हो । यो सिनेमालाई ४ वटा भाषामा निर्माण गरिने निर्माणपक्षले जानकारी दिएको छ । सिनेमालाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने छ ।

कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो सिनेमामा डाक्टर रुपक घिमिरेको कथा रहेको छ । सिनेमाका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । सिनेमामा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

यो सिनेमा सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको हो । सिनेमा निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

सार्वजनिक सिनेमाको फस्टलुकमा एक जना महिला न्यायका लागि मुठ्ठी कसेर बिद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपाचार गराइरहेका एक यूवालाई पनि पोस्टरमा देखाइएको छ । सिनेमाको फस्टलुकमा ‘न्याय देउ’ भनेर लेखिएको छ । पोस्टरमा आन्दोलनको झलक दिने तस्विर समेत समावेश गरिएको छ । फस्टलुकले यो सिनेमाले आम नागरिकको समस्याको कथा भन्ने संकेत गरेको छ ।