Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

ऋषिको ‘द्रौपदी’का लागि ४१६ जनाले दिए अडिसन

काठमाडौँ : केही दिन अगाडि निर्माण घोषणा भएको सिनेमा ‘द्रौपदी’को शनिबार र आइतबार कलाकार छनौट अडिसन भएको छ । जसमा ४१६ जनाले अडिसन दिएका छन् । 

दुई दिनको अडिसनमा थुप्रैले अडिसन दिए पनि कलाकार छनौट भने बाँकी रहेको निर्देशक ऋषीराज आचार्यले बताए । निर्माण टिमसँगको सल्लाह अनुसार अडिसनमा सहभागी भएका मध्यबाट सिनेमाका लागि कलाकार छनौट गर्ने उनले सुनाए ।

आचार्यका अनुसार कलाकार छनौटपछि सिनेमाको वर्कसप हुनेछ र त्यसपछि छायांकनमा निस्कने छ । सिनेमाको शीर्षक ‘द्रौपदी’ भएपनि सिनेमा देशको यथार्थपरक कथामा बन्न लागेको हो ।

कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा छायाङ्कन गर्न लागिएको सिनेमा महिला प्रधान हुनेछ । आर.बी मुभिजको ब्यानरमा बन्न लागेको सिनेमा निर्देशक आचार्य स्वयंको पटकथा लेखन छ ।