Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

१० वर्ष पछि सिनेमा निर्माणमा फर्किए सुवास

काठमाडौं : करिब १० बर्ष अघि सिनेमा ‘मिस्टेक’बाट सिनेमा निर्माण सुरु गरेका बिष्णु ठडराई(सुवास) अहिले पुन: सिनेमा निर्माणका लागि अघि सरेका छन् ।

स्थायी घर पाल्पा रहेका निर्माता ठडराई केहि समय आफ्नो ब्यापार तथा समाजसेवामा बिताए । आफुले यो क्षेत्रमा बटुलेको अनुभव र सुरुदेखिको सिने क्षेत्रमा केही गर्नुपर्छ भन्ने चाहना भएका सुबासले अहिले आर . बि . मुभिजको ब्यानरमा ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको सिनेमा द्रौपदीको निर्माणमा सहकार्य गर्दैछन् ।

सिनेमा द्रौपदीलाई सुबास ठडराइ, ऋषिराज आचार्य लगायत केही साथिहरुको टिम मिलेर निर्माण गर्दैछन् ।
द्रौपदीको स्किप्ट सुनेर आफुलाई पुनः सिनेमा निर्माण गर्ने हिम्मत आएको उनी बताउछन् । यो स्तरको कथामा सिनेमा बनेपछि नेपाली सिनेमा भनेर अन्तर्राष्ट्रिय स्तरमा पनि गर्व गर्न लायकको सिनेमा बन्ने आशा निर्माता ठडराईको छ ।

द्रौपदीको स्क्रिप्ट निर्देशक ऋषिराज आचार्यले ४ वर्ष लगाएर लेखेका हुन् । निर्माता ठडराइ हाल कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा लोकेसन लगायत कुराहरु ब्यबस्थापन गर्न लागेका छन् । सिनेमा कर्णाली प्रदेशका विभिन्न स्थानमा छायांकन हुनेछ ।