Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

आरजुको कारण पुनः चर्चामा ‘गुलाबी शरारा’

काठमाडौं : माघ २१ गते आज माननिय द्वय सेर बहादुर देउवा र आरजु राणा देउवाका छोरा जयविर सिंह देउवाको विवाह हुँदै छ । बैवाहिक कार्यक्रमको क्रममा आरजुले नृत्य गरेको एक भिडियो क्लिप्स सामाजिक संजालमा भाइरल भैरहेको छ । लाखौ पटक हेरिएको उक्त भिडियो र आरजुको नृत्यलाई धेरैले प्रसंसा गरेका छन् भने केहीले भने आलोचना गरेका छन् ।

योङ्ग उत्तर्खण्ड ग्रुको गीत ‘गुलाबी शरारा’ आरजुकै कारण एक पटक चर्चामा आएको हो । पाच महिना अघि अपलोड गरिएको भिडियो ग्लोवल टप म्युजिक भिडियोको टप ११ सम्म पुगेको थियो । हाल सम्म उक्त गीत १२ करोड भन्दा धेरै पटक हेरिएको छ । आज हामी यही गीतको बारे चर्चा गर्दैछौ ।

गीतमा इन्दर आर्याको स्वर,गिरिश जीनाको शब्द र मङ्गोलिसावको सङ्गित छ । उक्त गीतको भिडियोमा राकेश जोशी र नीरु बोरा फिचर्ड छन् । अङ्कित कुमारले कोरियोग्राफी गरेको भिडियो बिट्टु फोटोग्राफी टिमले खिचेको हो । सुरज पटवालको सम्पादन रहेको भिडियो जितेन्द्र सिहं रावतले निर्माण गरेका हुन् ।

सामाजिक संजालको सकारात्मक पक्ष मान्नु पर्छ समय समयमा विभिन्न घटनाका कारण गीत सङ्गित पुन चर्चामा आउछन् जसको कारण सङ्गितकर्मीलाई काममा जागर बनिरहन्छ ।