Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सतिदेवी’ पछि ‘पार्वती’ बनाउदै लक्ष्मण

काठमाडौं : रङ्गपत्रकार लक्षण सुबेदीले नंया सिनेमा घोषणा गरेका छन् । उनले आफ्नो लेखन, निर्देशन र निर्माण रहेको सिनेमा ‘सतिदेवी’ हलमा नलाग्दै अर्को सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

‘पार्वती’ टाईटल रहने सिनेमाको उनले आफ्नै जन्मदिन पारेर निर्माण घोषणा गरेका हुन् । यस सिनेमामा पनि उनकै लेखन, निर्माण र निर्देशन रहने छ । सब टाइटल ‘गाउले केटी मो..’ ले सिनेमा धार्मिक कथामा आधारित नरहेको प्रस्ट्याउछ ।

सामाजिक कथामा बन्ने सिनेमा आगामी वर्ष अर्थात २०८१को महाशिवरात्रीबाट सार्वजनिक प्रदर्शनमा आउने समेत उनले सार्वजनिक गरेको पोस्टरमा उल्लेख गरिएको छ ।

‘सतिदेवी’ सिनेमाको भने हालसम्म प्रदर्शन मिति तय गरिएको छैन् । कलाकाई नजिकबाट नियालेका सुबेदीले राम्रो काम गर्ने अपेक्षा नेपाली कलाप्रेमीले राखेका छन् ।