Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘हात्तिछाप’ सम्झन लायक सिनेमा बनेको छ : दयाहाङ राई

काठमाडौं : कलाकार दयाहाङ राईले सिनेमा ‘हात्तीछाप’ सम्झन लायक सिनेमा बनेको बताएका छन् । उनले धेरै सिनेमामा एकसाथ काम गरिरहेका छन् ।

समय अन्तरालमा पहिलाका सिनेमा ‘किन गरे’ भनेर कलाकारलाई लाग्ने गर्छ, र यो सामान्य पनि हो । तर दयालाई भने यो सिनेमा कहिले पनि ‘किन गरे’ भन्ने लाग्दैन रे । उनले यो सिनेमामा निभाएको चरित्र मन परेको कारण गरेका हुन् ।

‘हात्तिछाप’ किन भन्ने प्रश्नको जवाफमा ‘पहिला त भुमिका मन पर्यो’ भन्छन् उनि । त्यो सङ्गै सिमोस सुनुवार संग सहकार्य गर्ने उनको रहर थियो । पहिले पनि सल्लाह भएर सहकार्य भएको थिएन् । यसै कारण पनि उनी यो सिनेमामा जोडिएका रहेछन् ।

सिनेमा ‘दुई नम्बरी’ कै टिम भेर मात्रै जोडिएको आरोप भने उनले स्विकारेनन् । तर उनले भनेको भन्दा अझ राम्रो सिनेमा बन्न सक्ने थियो भन्दै जति बनेको छ त्यो पनि कम छैन् भने ।

दया सङ्गै सिनेमा सौगात मल्ल र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको छ । सिनेमालाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । सिनेमा आगामी हप्ता माघ २६ गते शुक्रबारबाट विश्व भर एकसाथ रिलिज हुँदै छ ।