Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दुःखी आत्मा’मा आँचल शर्मा अनुबन्धित

काठमाडौं : सिनेमा ‘दुःखी आत्मा’को मुख्य भुमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्माण कम्पनि क्लक वर्क क्रियसनले सिनेमाको मुख्य अभिनेत्रीमा सोमबार आँचल शर्मासँग लिखित सम्झौता गरिएको हो । कथाको डिमाण्ड अनुसार आँचललाई लिइएको निर्देशक दीपेन्द्र लामाले बताएका छन् ।

अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित भइसकेको सिनेमाको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि सिनेमा ‘नाङ्गो गाउँ’मा सहकार्य गरिसकेका छन् ।

‘दुःखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्यको रुपमा ‘नाङ्गो गाउँ-२’ निर्माण गर्ने घोषणा गरिसकेको छ । आगामी चैत्र बाट छायांकन गरिने ‘दुखी आत्मा’को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको सिनेमाका अन्य कलाकार, प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।