Sur Cinema

अगस्त्य’को टिजर : एक्सन अवतारमा सौगात र नाजिर

काठमाडौं : सिनेमा ‘अगस्त्य’ : च्याप्टर १’को टिजर सार्वजनिक भएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक १ मिनेट ५७ सेकेन्डको टिजरमा अभिनेता द्वय सौगात मल्ल र नाजिर हुसेनलाई बदलाको भावमा एक्सनमा उत्रिएको देख्न सकिन्छ । सौरभ चौधरी निर्देशित यस सिनेमाको टिजरले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको अनुमान पनि गर्न सकिन्छ ।

सिनेमामा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ । फागुन १८ गते बाट देशभर एकसाथ रिलिज हुँदैछ ।