Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मोडलिङमा महेश र रेश्मा !

काठमाडौं : महेश सिंहलाई सानैबाट अभिनयमा रुचि थियो । यसैको लागि उनी अहिले भारतको पुनेमा रहेर संघर्ष गरिरहेका छन् । अभिनय सिक्दै पनि गरेका महेशले नेपाली गीतबाट डेब्यु गरेका छन् । उनले मोडल रेश्मा ओड सङ्ग सहकार्य गर्दै मोडलिङ यात्रा सुरु गरेका हुन् ।छायांकन गरि सकिएको भिडियो केही दिनमा नै सार्वजनिक हुँदैछ ।

उनिहरुले अभिनय गरेको भिडियो ‘तिमी साथ नभए’ हो । गीतको शब्द संगीत सुजन बाबू गुरुङले गरेका छन् । आवाज भने बलराम परियार र प्रीति रिमालको रहेको छ । जीवन बडुको संगीत सम्योजन रहेको भिडियो सुजनको च्यानलबाट सार्वजनिक हुँदैछ ।

आफ्नो पहिलो कामका लागि धेरै मेहनत गरेको महेश र रेश्माले बताएका छन् । साथै टिम सहयोगी भएकोले काम गर्न सहज भएको भन्दै यो गीतलाई लिएर आशाबादी रहेको समेत उनिहरुले बताएका हुन् ।