Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सागरको स्वर संगीतमा भजन ‘हे राम’ सार्वजनिक

काठमाडौं : भगवान् रामको महिमालाई ध्यानमा राख्दै तयार पारिएको भजन “हे राम” सार्वजनिक भएको छ । आधुनिकिकरणको नाममा भजन गाउने क्रम कम हुदै गए पनि गायक गायिका र सर्जकले भजनलाई ध्यान नदिएको अवस्थामा सरला घिमिरे भने भजन सिर्जनामा रमाईरहेकी छिन् ।
सरलाले लेखेका राम महिमाका शब्दलाई सागर अधिकारीको संगीतले जिवन्त पारेको छ । सागरले नै गाएको भजनमा देवेन्द्र नेवाको संगीत सम्योजन रहेको छ । खेमनाथ खनाल निर्देशित भिडियो जीवन राज टन्डणले सम्पादन गरेका हुन् । राहुल राईले खिचेको भिडियोको श्रृङ्गार भने पवित्रा भट्टराईले गरेकी छिन् ।