Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘खजुरे ब्रो’को विशेष भुमिकामा मेयर हर्क साम्पाङ

काठमाडौं : धरानका मेयर हर्क साम्पाङ सिनेमा ‘खजुरे ब्रो’मा विशेष भुमिकामा अभिनय गरेका छन् । धरानको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले साम्पाङको विशेष भूमिका सिनेमामा राखिएको कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताएका हुन् । सिनेमाले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठुलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने बताइएको छ ।

सिनेमालाई सुरज सुनुवारले निर्देशन गरिरहेका छन् । सिनेमामा महेश त्रिपाठी, रेयर राई, निति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय रहनेछ । सिनेमा जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।