Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ : शिल्पा र प्रिन्सको आकर्षक नृत्य

काठमाडौं : आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने सिनेमा ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । उक्त गीतमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । भिडियोको बिच बिचमा चलचित्रका दृश्यहरू राखिएका छन् ।

शनिवार रिलिज गरिएको गीतमा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ भने अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।

यस सिनेमालाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् भने सुवेदी नै यसका लेखक हुन् । ‘रङ्गेली’मा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

यस सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।