Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘माया यस्तै हुँदो रैछ’ : प्रेम वियोगको भाव समिश्रण

काठमाडौं : धोका दिएर बाटो मोडेकी मायालुको सम्झनाको कथामा तयार पारिएको गायक कृष्ण पाण्डेको ‘माया यस्तै हुँदो रैछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम वियोगको भावलाई समेटेर गायक पाण्डेले तयार पारेको भिडियोमा पाण्डे स्वयं फिचर्ड छन् । भिडियोको छायांकन तथा निर्देशन संचारकर्मी आशिष नेपालले गरेका हुन् ।

हस्त गौतमको शब्द सृजना, मनोज चौलागाईँको संगीत तथा एरेन्जमा तयार पारिएको गीतमा प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ छ भने सम्पादन तथा कलर करेक्सन गायक पाण्डेकै रहेको छ । क्लासिकल संगीतका विद्यार्थीसमेत रहेका पाण्डेले यसअघि आधा दर्जनभन्दा बढी गीत गाईसकेका छन् ।