Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘आम नागरिक’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा सिनेमा ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने सिनेमाको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा सिनेमाका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ ।
विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने सिनेमाको कलाकारहरुको हाल धमाधम छ्नोटका काम भइरहेको छ ।  

उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने सिनेमाको आगामी बैशाखबाट छायांकन हुनेछ । सिनेमाको लेखन पनि स्वम निर्देशक कै रहेको छ। दर्जन बढी सिनेमामा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिसिरियलको पनि निर्देशन गरिसकेका छन् ।